सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निवर्तमान सभामुख कृष्ण बहादुर महरा बालुवाटारबाट पक्राउ, सिंहदरबार बृतमा राखियो

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बालुवाटरबाट पक्राउ गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा बानेश्वर प्रहरीमा शनिवार किटानी जाहेरी परेसँगै प्रहरीको टोलीले महरालाइ पक्राउ गरेको हो ।

यौन दुर्व्यबहार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले निजी गाडीमा जाने र प्रहरीको गाडी नचढ्ने अडान लिएपछि प्रहरीले बा १८ च ४०० नम्बरको रातो निजी गाडीको व्यवस्था गरेको थियो ।

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत बानेश्वरका प्रहरी नायब उपरिक्षकको टोली सभामुखको सरकारी निवाश बालुवाटार पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले आईतबार नै महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । पक्राउ परेसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ ।  पक्राउ परेसँगै महराको साँसद पद स्वत निलम्वनमा परेको छ ।

नयाँ संविधानको व्यवस्था अनुसार २०७४ शालमा भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका महरा २०७४ फागुन २५ गते सभामुखका रुपमा निर्विरोध चयन भएका थिए ।  साँझ पक्राउ परेका महरालाइ सिंहदरबार बृतमा राखिएको छ । महानगरिय प्रहरी परिसर काठमाण्डाैले उनको मुद्धा प्रकृया अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति