
काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बालुवाटरबाट पक्राउ गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा बानेश्वर प्रहरीमा शनिवार किटानी जाहेरी परेसँगै प्रहरीको टोलीले महरालाइ पक्राउ गरेको हो ।
यौन दुर्व्यबहार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले निजी गाडीमा जाने र प्रहरीको गाडी नचढ्ने अडान लिएपछि प्रहरीले बा १८ च ४०० नम्बरको रातो निजी गाडीको व्यवस्था गरेको थियो ।
निवर्तमान सभामुख महरालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत बानेश्वरका प्रहरी नायब उपरिक्षकको टोली सभामुखको सरकारी निवाश बालुवाटार पुगेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले आईतबार नै महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । पक्राउ परेसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ । पक्राउ परेसँगै महराको साँसद पद स्वत निलम्वनमा परेको छ ।
नयाँ संविधानको व्यवस्था अनुसार २०७४ शालमा भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका महरा २०७४ फागुन २५ गते सभामुखका रुपमा निर्विरोध चयन भएका थिए । साँझ पक्राउ परेका महरालाइ सिंहदरबार बृतमा राखिएको छ । महानगरिय प्रहरी परिसर काठमाण्डाैले उनको मुद्धा प्रकृया अघि बढाउने जनाएको छ ।