सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले हङकङ्गलाई ४ विकेटले हरायो, विनोदको अर्धशतक पुरा

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी पाँच राष्ट्र सहभागि भएको खेलमा हङकङले नेपाललाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

हङकङका लागि वाकस बार्कटले ३७,  किन्चित शाहले ३१, निजाकत खानले २३ र एहसान अब्बासीले १३ बनाएका थिए ।

नेपालका लागि करण केसीले सर्वाधिक चार र अविनाश बोहोराले एक विकेट लिएका थिए । १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरेका थिए ।

४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाए । आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सरार्फले १० रन जोडेका थिए । हङकङका नसरुल्ला राना र क्याल क्रिष्टिाइले दुई दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड