सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले हङकङ्गलाई ४ विकेटले हरायो, विनोदको अर्धशतक पुरा

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी पाँच राष्ट्र सहभागि भएको खेलमा हङकङले नेपाललाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

हङकङका लागि वाकस बार्कटले ३७,  किन्चित शाहले ३१, निजाकत खानले २३ र एहसान अब्बासीले १३ बनाएका थिए ।

नेपालका लागि करण केसीले सर्वाधिक चार र अविनाश बोहोराले एक विकेट लिएका थिए । १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरेका थिए ।

४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाए । आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सरार्फले १० रन जोडेका थिए । हङकङका नसरुल्ला राना र क्याल क्रिष्टिाइले दुई दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यू–१९ च्याम्पियनसीप: नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

आर्सनलको पीएसभीमाथि फराकिलो जित

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि

एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

युरोपियन च्याम्पियन्स लिग: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

मेसीले पेरिस ओलम्पिक खेल्लान् ?