
काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवशरमा उपत्यकाका विभिन्न शक्तिपीठहरूमा दर्शन गरेका छन् । पूर्वराजा शाहले बडा दशैको आठौं दिन सदाझै विभिन्न शक्तिपीठहरूको दर्शन गरेका हुन् ।
पूर्वराजा शाहले आइतबार नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति र इन्द्रायणी मन्दिरमा पुगेर दर्शन तथा पुजा गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपिठहरूमा दर्शन गर्न नाती हृदयन्द्र शाहलाइ पनि सँगै लिएर गएका थिए ।
त्यसअघि आइतबार नै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न शक्तिपीठहरूमा दर्शन गरेकी थिइन् ।