सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महराको स्वास्थ्यमा समस्याः हिरासत कक्षमानै अक्सिजन दिएर राखियो

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौन दुर्व्यबहारको आरोपमा सोमबार साँझ पक्राउ परी प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ ।

काठमाण्डौ प्रहरी परिसर टेकुका प्रहरी प्रमुख एसएसपी उत्तम राज सुवेदीका अनुसार पक्राउ लगत्तै महराको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।  एसएसपी सुवेदीले महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको जानकारी दिए । उनले भने पक्राउ पछि उहाँको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ । महराले पहिलेदेखी नै उच्च रक्तचाप सम्बन्धी औषधि पनि खाने गरिरहनु भएको रहेछ । एसएसपी सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्र सुरु हुने जानकारी दिएका छन्  ।

अदालत असोज २८ गते मात्र खुल्नेछ । अदालत खुलेसँगै म्याद थपको अनुमति लिने जनाइएको छ । त्यसपछि दुवै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने क्रम हुने काम हुने सुवेदीले बताए । घटनाको मुद्धा भने काठमाण्डौं प्रहरी परिसर टेकुबाटै चल्ने सुवेदीले बताए ।

अदालतको दसैं बिदा २६ असोजसम्म रहेको छ । तर पूर्वप्रधानन्यायाधीश केशब प्रसाद उपाध्यायको निधनको शोकमा २७ गतेपनि अदालतमा बिदा दिइएको छ । महराको यो वर्षको दसैं काठमाडौँको अनामनगर स्थित सिंहदरबार प्रहरी बृतमा बित्नेछ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा उक्त मुद्धा चल्ने देखिएको छ ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा सभामुखको सरकारी निवाश बालुवाटारबाट पक्राउ परेका महराले आईतबार राती नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रहरीले उनले नियमित तथा फरेन्सिक दुबै तरिकाबाट स्वास्थ्य जाँच गरेको हो । सिंहदरबार बृतको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वास्प्रश्वास समस्या पनि देखिएको छ । उनलाइ सामान्य हिरासत कक्षमानै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ । दसैं विदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकाले अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो । बानेश्वर बृतका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रङको स्कर्पियो गाडीमा महरालाइ लिनका लागि सभामुखको सरकारी निवाश प्रवेश गरेको थियो ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीसँग यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख महरालाई पक्राउ गर्न काठमाडौ जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड