सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना ३ को मृत्यु ६ घाइते

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित नरपानी घुम्तीमा बोलेरो जीप दुर्घटना भएको छ ।

दशै मनाउन कपिलबस्तुको कृष्णनगरबाट ९ जना यात्रु बोकेर सन्धिखर्कतर्फ जाँदै गरेको लङ्का यातायात प्रालिको बोलोरो जीप नरपानी र घुम्ती बिचमा पर्ने रातामाटा स्थित साङ्खोला भन्ने स्थानमा मध्यान्ह १२ बजे दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेकोले पहिचान खुल्न सकेको छैन ।

घाइते ६ जना मध्य गम्भिर घाइते विरेन्द्र श्रेष्ठ, उमेश रेग्मी, अनिता खनाल र बिन्दु खनालको भैरहवा मेडिकल कलेजमा थप उपचारको लागी रिफर गरिएको छ ।

सामान्य घाइते सिला रेग्मी र दुधे बालक आदित्य रेग्मीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

लु १ छ ४३२९ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

एक महिनामा नै ४५० रूपैयाँ बढयाे ग्याँस सिलिन्डरकाे भाउ, अब प्रति सिलिन्डर २११० रूपैयाँ

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

बानेश्वर वृतका डिएसपी बुढाथोकीलाई तिनकुने नागरिकद्धारा स्वागत