सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना ३ को मृत्यु ६ घाइते

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित नरपानी घुम्तीमा बोलेरो जीप दुर्घटना भएको छ ।

दशै मनाउन कपिलबस्तुको कृष्णनगरबाट ९ जना यात्रु बोकेर सन्धिखर्कतर्फ जाँदै गरेको लङ्का यातायात प्रालिको बोलोरो जीप नरपानी र घुम्ती बिचमा पर्ने रातामाटा स्थित साङ्खोला भन्ने स्थानमा मध्यान्ह १२ बजे दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेकोले पहिचान खुल्न सकेको छैन ।

घाइते ६ जना मध्य गम्भिर घाइते विरेन्द्र श्रेष्ठ, उमेश रेग्मी, अनिता खनाल र बिन्दु खनालको भैरहवा मेडिकल कलेजमा थप उपचारको लागी रिफर गरिएको छ ।

सामान्य घाइते सिला रेग्मी र दुधे बालक आदित्य रेग्मीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

लु १ छ ४३२९ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य