सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली झापामा

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा पुगेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीको ब्यवस्थापन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा पुगेका हुन् ।

नेकपाले झापाको दमक न.पा.- ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजना गरेको बडादशैं, शुभ दिपावली, छठ पर्व, ईद तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख डा. गोबिन्द तुम्बाहाङ्ग, प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, महान्यायाधिवक्ता अग्नि खरेल सहभागी छन् ।

यसैगरी एक नम्बर प्रदेशका नेकपा इन्चार्ज भीम आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, संघीय सांसद, प्रदेश सांसद, पुर्व संविधानसभा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यति एयरलाइन्सको बिमानबाट बिहान साँढे एघार बजे झापा पुगेका प्रधानमन्त्री साँझ राजधानी फर्कने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति