
काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा पुगेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीको ब्यवस्थापन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा पुगेका हुन् ।
नेकपाले झापाको दमक न.पा.- ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजना गरेको बडादशैं, शुभ दिपावली, छठ पर्व, ईद तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख डा. गोबिन्द तुम्बाहाङ्ग, प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, महान्यायाधिवक्ता अग्नि खरेल सहभागी छन् ।
यसैगरी एक नम्बर प्रदेशका नेकपा इन्चार्ज भीम आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, संघीय सांसद, प्रदेश सांसद, पुर्व संविधानसभा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
यति एयरलाइन्सको बिमानबाट बिहान साँढे एघार बजे झापा पुगेका प्रधानमन्त्री साँझ राजधानी फर्कने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।