काठमाण्डौः विजयादशमीको टीकाको शुभ साईत बिहान १० बजेर २५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।
टीका, प्रसाद ग्रहण गर्न साइत खोज्नेहरूका लागि भने बिहान १० बजेर ३५ बजेको समय उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिजयादशमीको दिन मङ्गलबार परेको र चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाउने मानिस पूर्व फर्केर बस्नु पर्छ । टीका लगाईदिने मानिशले भने पश्चिम तर्फ फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
यसरी चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्न पञ्चाङ्ग निर्णायक समितिले सुझाब दिएको छ ।