काठमाडौँ, असार १३ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालयले पी-डिप्लोमा तहको (एक विषय मात्र बाँकी रहेका) विद्यार्थीका लागि मौखिक परीक्षा आवेदन फारम भर्न सूचना प्रकाशित गरेको छ।
२०७९ सालमा सिटिइभिटीबाट प्रमाणपत्र तह अन्तर्गत पी-डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीमध्ये, जुनसुकै वर्षदेखि एक विषय मात्र बाँकी रहेका विद्यार्थीहरूका लागि २०७९ सालको नियमित तथा आंशिक परीक्षामा सम्मिलित भई एक विषय फेल भएका परीक्षार्थीहरूको मौखिक परीक्षा सञ्चालन गर्न लागिएको हो।
परीक्षा आवेदन फारम बुझाउने म्याद २०८२ असार १३ गतेदेखि असार १९ गतेसम्म कायम गरिएको छ। परीक्षा फारम शुल्क २०० रूपैयाँ तोकिएको छ। विद्यार्थीहरूले फारम ITMS Online बाट दर्ता गरी परीक्षा आवेदन फारम तयार गरी सम्बन्धित तालिम संस्थामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचना हेर्नुहोस्ः

