काठमाण्डौः विजयादशमीको अवशरमा पूर्व प्रधानमन्त्री एवं समाजबादी पार्टी संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराइले टीका ग्रहण गरेका छन् ।
डा. भट्टराईले हिन्दु धर्म परम्परा अनुसार शुभसाइतमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन् ।

गत महिना अगाडी कैलालीको टीकापुरमा पुगेर सामाजिक सद्भाव भड्काएको आरोप लागेको थियो । डा. भट्टराईले दलितलाई अपमान गर्दै धर्म परिवर्तनका लागी भड्काएको भन्दै वरिष्ठ पत्रकार तथा नागरिक अभियन्ता देव प्रकाश त्रिपाठीले पनि कारवाहीको माग गरेका थिए ।
