
काठमाण्डौ: पूर्व अर्थसचिव रामेश्वर खनाललाइ पत्नी शोक परेको छ । पत्नी सुचित्रा खनालको क्यान्सरका कारण मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको कारण उनलाइ शोक परेको हो ।
विगत पन्ध्र महिनादेखी स्तन क्यान्सर पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । लगातार क्यान्सरको उपचार गराउँदै आएकी उनलाई २० दिन यता नर्भिक अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
स्वेता सेक्युरिटिज मार्फत सेयर बजारमा महिलाहरुको सहभागिता बढाउनको लागि खनालले काम गर्दै आईरहेकी थिइन् । सुचित्रा खनाल नेपालको पहिलो महिला स्टक ब्रोक्रर समेत हुन् ।