सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुँगुरको मासु खाँदा २ को मृत्यु २ गम्भिर घाइते

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रोगी सुँगुरको मासु खाँदा पाँचथरमा २ कैदीको मृत्यु २ जना गम्भिर घाइते भएका छन् ।

दशैँको अवसरमा कारागारभित्रै सुँगुर काटेर खाएको मासुले झाडापखाला लाग्दा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान जानुका साथै २ जना गम्भिर बिरामी परेको हो ।

मृत्यु हुनेहरूमा पाँचथर फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षिय वुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु रहेका छन् ।

सिकिस्त बिरामी भएका दुबै जनालाइ सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएकोमा केरुङको मृत्यु भएपछि जवेगुलाइ थप उपचारको लागी बिएण्ड सी अस्पतालमा लगिएको थियो ।

जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लैजाँदै गर्दा बाटोमानै ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ । यसैगरी मासु खाएर कुम्मायक गाउँपालिकाका दिनेश खजुम र साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् ।

उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

मनसुनमा सुनसान मनाङ

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

Man drowns while fishing, six others injured

टिआरसी विधेयक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

ट्रम्पलाई एक एक व्यक्तिले दिए ५ करोड डलर चन्दा

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

प्रहरी जवानद्वारा आत्महत्या