काठमाण्डौं: तेस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप भुटानमा केही बेरमा सुरु हुदैछ ।
भुटानको राजधानी थिम्पुमा आयोजना हुने तेस्रो यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । राजधानी थिम्पुको चाम्लिङथाङ रंगशालामा बुधबार अपरान्ह ३ बजेदेखि शुरू हुने खेलमा नेपालले भारतसँग खेल्ने भएको हो ।
नेपाल पहिलो पटक उपाधि हात पार्ने दाउमा तेस्रो संस्करणमा उभिएको छ । थिम्पुमा सञ्चालन हुने च्याम्पियनसिपको लागि नेपाली टिम सोमबार नै भुटान प्रस्थान गरेको हो ।
यसअघि भएको खेलमा दुई संस्करण विजेता पहिलो बंगलादेश र दोस्रो भारत भइसकेका छन् ।