
काठमाण्डौ : चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।
राष्ट्रपति सि अक्टोबर १२ अर्थात २५ असोजमा काठमाडौं आउने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत गरेको हो ।
मन्त्रालयको भ्रमण तालिका अनुसार सीको नेपाल भ्रमण दुई दिने हुने पक्का भएको छ ।
राष्ट्रपति सि ले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीः