सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय एजेण्डा तय गर्न प्रधानमन्त्री ओलीको पूर्वप्रमहरूलाई बालुवाटार निमन्त्रणा

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे परामर्श गर्न बैठक आव्हान गरेका छन् ।

चिनियाँ राष्ट्रपतिले असोज २५ गते नेपाल भ्रमण गर्ने सुनिश्चित भएपछि प्रधानमन्त्री ओलीले प्रचलनअनुसार एजेण्डाको विषयमा व्यापक परामर्श गर्न उक्त बैठक डाकेका हुन् ।

राष्ट्रिय एजेण्डा तय गर्न प्रधानमन्त्री ओलीले बिहिबार पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्न लागेको बालुवाटार स्रोतको दावी छ ।

उक्त छलफलका लागि बिहीबार बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवासमा बोलाइएको छ । छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द लगायतलाई निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्री निवाश बालुवाटारमा हुने छलफलमा सीको दुइदिने राजकीय भ्रमण, समझदारीपत्रमा हस्ताक्षर र नेपालले उठाउने मुख्य एजेण्डाबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा