सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय एजेण्डा तय गर्न प्रधानमन्त्री ओलीको पूर्वप्रमहरूलाई बालुवाटार निमन्त्रणा

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे परामर्श गर्न बैठक आव्हान गरेका छन् ।

चिनियाँ राष्ट्रपतिले असोज २५ गते नेपाल भ्रमण गर्ने सुनिश्चित भएपछि प्रधानमन्त्री ओलीले प्रचलनअनुसार एजेण्डाको विषयमा व्यापक परामर्श गर्न उक्त बैठक डाकेका हुन् ।

राष्ट्रिय एजेण्डा तय गर्न प्रधानमन्त्री ओलीले बिहिबार पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्न लागेको बालुवाटार स्रोतको दावी छ ।

उक्त छलफलका लागि बिहीबार बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवासमा बोलाइएको छ । छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द लगायतलाई निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्री निवाश बालुवाटारमा हुने छलफलमा सीको दुइदिने राजकीय भ्रमण, समझदारीपत्रमा हस्ताक्षर र नेपालले उठाउने मुख्य एजेण्डाबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुन तस्करी छानबिन गर्न ४ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’ : प्रधानमन्त्री दाहाल

आज १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै

बजार अनुगमन थप प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको सपथ

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता