सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जनकपुरधाम सखी बहिनाद्वारा लोक संस्कृति कार्यक्रम आयोजना

२०७७ भाद्र १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाणडौं: मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि व्यवहार, संस्कारप्रति ध्यानाकर्षण गराइएको थियो ।

आफ्नो संस्कारप्रतिको संवेदनामा कमी र अन्य संस्कृतिलाई अनुसरण गर्ने होडबाजीले मौलिक पक्षलाई बिर्सिंदै जानुले संरचनामा नै प्रश्नचिह्न लागेको र परिणामतः लोप हुने स्थिति देखिएको अवस्थालाई लोक संस्कृति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

मैथिल संस्कृतिअन्तर्गत जन्म, पमरिया, मुण्डन, व्रतबन्ध, गोदनालगायतका गीत समृद्ध भए पनि यी गाउँघरमा बस्ने जनजीवनमा मात्र जीवित देखिएकाले शहर क्षेत्रमा पनि सम्बद्र्धन गर्दे संस्कृतिको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको सन्देश कार्यक्रमबाट दिइएको थियो । सो अवसरमा कलाकार अविनाश झा, इसिका भुजेल र पिपही राउतले पमरिया, गोदना, रोदन क्रिया प्रस्तुत गरी संस्कृतिको मोह, संस्कार र विधि व्यवहारप्रति आसक्ति कायमै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

जनकपुरधाम सखी बहिनाका प्रमुख अरूणा मिश्रले मिथिलाको लोकजीवन तथाकथित आधुनिकताको चपेटामा परी बाटो बिराउन थालेकोप्रति सजग हुनु जरूरी छ भन्नुभयो । कवयित्री एवं सखी बहिनाका सदस्य पूनम झा, मैथिल सदस्यहरू सुनिता मिश्र र सङ्गीता मिश्रले मैथिलले मौलिकरूपमा पुर्खाबाट ग्रहण गरिएका संस्कारप्रति विचलन देखा पर्नु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रम संयोजक भारती चौधरीले मानवीय जीवनमा आफ्नो गौरवशाली अतीतप्रतिको संवेदनशून्यताले रूखोपना ल्याइदिएकाले आहारविहार, संस्कार शिष्टाचार, परिधान, साज, शृङ्गार, भाषा भङ्गिमालाई बाह्य आवरणबाट मुक्त गर्नु जरूरी छ भन्नुभयो ।

कार्यक्रममा सङ्गीता देव, पूनम मिश्र, नीलम झा, सुशीला चौधरी, ज्योति झा, सीमा चौधरी, नीलम मिश्र र पूनम झाले मैथिल र भारती चौधरीले मैथिल संस्कार र विधि व्यवहारका गीत प्रस्तुत गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल