काठमाण्डौः नवलपरासीको कावासोतीमा बुधबार राति भएको दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासी गोपिगञ्जबाट नारायणगढ तर्फ केरा लिएर आँउदै गरेको लु २ च ६०७० नम्बर जिप र काठमाण्डौबाट सुर्खेतका लागि हिँडेको ना ७ ख ५८१५ नम्बरको बस एकआपसमा ठोक्किदा जिप चालकको च्याप्पियर मृत्यु भएको हो ।
घटनामा परि अन्य १ जना यात्रु घाइते भएका छन् । घाइतेको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
बुधबार राती १०ः३० बजे भएको दर्घटनामा परी मृत्यु हुनेमा जिप चालक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको जमुनिया बस्ने बर्ष २५ को वलिराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
