
काठमाण्डौः बडादशैंको तेस्रो दिन आजपनि आफ्ना मान्यजनहरूबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी रहेको छ ।
विजयादशमीको दिन टीका थाप्न नपाएकाहरूले आजपनि बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन् । नेपालीहरूको परम्परा अनुसार कोजाग्रत पूर्णिमाका दिनसम्म टिका लगाउने प्रचलन रहि आएको छ ।
यसैबीच गत शुक्रबारदेखी सुनसान बनेको काठमाडौं उपत्यकामा टिका थाप्न जाने र फर्कनेका कारण चहलपहल शुरू भएको छ । बडादसैँको टिका लगाएपछि सर्वसाधारण मान्यजनकोमा टिका र आशिर्वाद लिन जान ओहोर दोहर गर्न थालेपछि सडकमा चहलपहल बढेको हो ।
यो सँगै उपत्यकाबाट बाहिरिएका सवारीसाधनहरू खचाखच काठमाडौँ फकर्न सुरु भएको छ ।