सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण

२०८२ श्रावण ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ साउनः सर्लाहीस्थित हरिवनका समाजसेवी स्वर्गीय तुलसीप्रसाद भट्टराईको स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । आज यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा ‘तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठान’द्वारा आयोजित कार्यक्रममा ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ डा तुलसी भट्टराई, प्रतिष्ठानकी संरक्षक रत्नमञ्जरी भट्टराई, सर्लाहीका नेता विनोद खनाललगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।

उक्त स्मृतिग्रन्थमा स्वर्गीय भट्टराईका रचनासँगै स्मृतिमा लेखिएका लेखहरू रहेका उहाँका कान्छा छोरा एवं सञ्चारकर्मी नरेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक पढेपछि अपरिचितका लागि पनि बा परिचित बन्नुहुन्छ । हाम्रो भट्टराई परिवारसँगै बासँग सामिप्यतामा रहनुभएकाले लेख्नुभएका लेखले अधिकांश विषय प्रस्ट्याएको छ । हामीले एउटा पुस्तकमार्फत बाले आफ्नो जीवनकालमा गर्नुभएको रचनालाई अभिलेखका रूपमा सङ्ग्रहित गरेका छौँ ।” उहाँले उक्त पुस्तक दुई सय ९४ पृष्ठको रहेको जानकारी दिनुभयो ।

सर्लाही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वर्गीय भट्टराईले जीवनकालमा समाजका लागि गर्नुभएको योगदानको चर्चा गर्दै उहाँले देख्नुभएको सपनालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“हामीले अहिले छोरी पढाउनुपर्छ, सबै जातका मानिसको समान अधिकार छ भन्ने विषयलाई स्वर्गीय भट्टराईले पहिलेदेखि उठान गर्नुभएको थियो । उहाँले शिक्षाका माध्यमबाट सुन्दर समाजको निर्माण गर्न सकिन्छ भन्ने सोचसहित काम गर्नुभयो । उहाँको सकारात्मक र दीर्घकालीन सोच हामीले अगाडि बढाउनुपर्छ”, उप्रेतीले भन्नुभयो ।

सर्लाहीका समाजसेवी एवं राजनीतिज्ञ विनोद खनालले सामाजिक विषयमा स्वर्गीय भट्टराईसँग परामर्श भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले शिक्षा क्षेत्रमा दिनुभएको योगदान र शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्ने भवनाले उहाँको व्यक्तित्वलाई प्रस्ट्याउँछ । मैले उहाँसँग धेरै भेट्न पाएको थिइन, तर उहाँले सामाजिक कार्यमा दिनुभएको योगदानलाई देखेको छु, त्यसकारण पनि उहाँको स्मृतिग्रन्थ उपयोगी हुने विश्वास लिएको छु ।”

उक्त पुस्तक डा तुलसी भट्टराई र डा होमप्रसाद भट्टराईले सम्पादन गर्नुभएको छ । पुस्तक लोकार्पण समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, गीतकार दिनेश अधिकारी, पूर्वमहान्यायधिवक्ता बद्रिबहादुर कार्कीलगायत उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन