सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘शून्यको मूल्य’पछि डा नवराज केसीको ‘स्वस्पर्श’

२०८२ श्रावण ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काँक्रेविहार (सुर्खेत), ३१ साउनः लेखक तथा सामाजिक अभियन्ता डा नवराज केसीको दोस्रो कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ । फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकको आज सुर्खेतमा विशेष समारोहबीच विमोचन गरिएको हो ।

लेखक डा केसीका अनुसार स्वस्पर्शमा जीवनका उतार–चढाव, आत्मसङ्घर्ष र सुख–खुसीको खोजीसँग सम्बन्धित विविध कथा समेटिएका छन् । पुस्तकले आशा, प्रेरणा र सकारात्मक सोचसहित जीवनलाई अगाडि बढाउन मार्गदर्शन गर्ने सन्देश बोकेको छ ।

उहाँले यो कृति प्रत्येक व्यक्तिको आत्मअन्वेषण र आत्मसाक्षात्कारतर्फको यात्रामा समर्पित रहेको बताउनुभयो । “ सङ्घर्षबीच जीवनलाई कसरी सबल र प्रेरणादायी बनाउन सकिन्छ भन्ने यथार्थपरक कथा, जीवनअनुभव र बुद्ध–विज्ञानसँग सम्बन्धित विचारहरू पुस्तकमा समावेश छन्”, लेखकले भन्नुभयो ।

कार्यक्रममा साहित्यकार सुविन भट्टराईले ‘स्वस्पर्श’ स्कूले उमेरदेखि वृद्धावस्थासम्मका सबै पाठकको मन छुने कृति भएको टिप्पणी गर्नुभयो ।

यसअघि डा केसीले पहिलो कृति ‘शून्यको मूल्य’ पाठकमाझ ल्याउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन