सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सातवटा आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चार मन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको सभाकक्ष सिंहदरबारमा बिहिबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरी उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।

गत असोज १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै मन्त्रि बाँस्कोटाले नेपाली सेनाका सहायक रथीद्धय अशोकराज सिग्देल र गोकुल भण्डारीलाइ उपरथी दर्जामा तथा महासेनानी कुमार बाबु थापा समेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक गरेका निर्णयहरू यस्ता छन् ।

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रु २ अर्ब ७१ करोड ३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालय कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाइ काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक बर्ष २०७६/७७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सातवटा आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

४. सहायक रथीद्धय अशोकराज सिग्देल र गोकुल भण्डारीलाइ उपरथी दर्जामा तथा महासेनानी कुमार बाबु थापा समेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला-भैंसेपाटी- बुङ्मति सडक स्तरोन्ती गर्नको लागि राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गत संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौ बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाइ भाग लिन स्वीकृति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति