सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘धन्यवाद जिन्दगी’ कविता सङ्ग्रह विमोचन

२०८२ भाद्र १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ भदौ : कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो ।

घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई समाजसँग जोड्न सकिन्छ ।”

कवि नेपालीले आफ्नो कृतिका बारेमा धारणा राख्दै सहज जीवन दर्शनलाई कवितामार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सजिलो जिन्दगी बाँचेर यो जिन्दगी जे छ रमाइलो छ । दुःखसुख दुवैको सङ्गमकै कारण जिन्दगी रमाइलो छ, त्यसैले धन्यवाद जिन्दगी ।”

साहित्यकार डा भागवत ढकालले रवि नेपालीको सृजनामा जागिरे जीवनभन्दा परको कलात्मक सामथ्र्य र विम्बात्मक अभिव्यक्तिलाई विशेषता बनाइएको टिप्पणी गर्नुभयो । त्यस्तै प्राध्यापक डा गार्गी शर्माले समाजमा देखेका र भोगेका कुरालाई प्रस्तुत गर्ने क्रममा कविले तिक्ततालाई समेत मिठासमा रूपान्तरण गर्न सफल भएको टिप्पणी गर्नुभयो ।

ललितकला प्रतिष्ठानका पूर्वउपकुलपति केके कर्माचार्य र प्राध्यापक डा कुमारप्रसाद कोइरालाले कृतिबारे आ–आफ्ना धारणा राख्दै नेपाली कवितामा यसले नयाँ चेतना थप्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन