सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन

२०८२ भाद्र १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १४ भदौः नेपाली कांग्रेसका नेता कैलाश कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

माया, प्रेम र राजनीतिसँग सम्बन्धित रहेर लेखिएको कविता सङ्ग्रह सार्वजनिक गरिएको लेखक कोइरालाले बताउनुभयो । उहाँका अनुसार उक्त सङ्ग्रहमा ५५ वटा कविता समावेश छन् । यसअघि उहाँका राजव्यूह र शास्त्र उपन्यास प्रकाशित भइसकेका छन् । राजनीतिक क्षेत्रमा क्रियाशील कोइरालाले आफ्नो फुर्सदको समयलाई लेखन क्षेत्रमा लगाएको बताउनुभयो ।

कांग्रेसका नेता डा कोइरालाले कविता सङ्ग्रहको प्रशंसा गर्दै आगामी दिनमा लेखन क्षेत्रमा सक्रियताका साथ लाग्न लेखक कोइरालालाई शुभकामना दिनुभयो । पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भनेर आफूले खाका बनाएको बताउँदै उहाँले बिपी कोइरालाले बनाउनु भएको विधानअनुसार पार्टी सभापतिका लागि मात्र निर्वाचन हुनपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागेश्वरी आध्यात्मिक परिषद्का संरक्षक शैलेन्द्र पिया, बालकुमारी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ, साहित्यकार सृजन अविरल, सूर्य अधिकारीलगायत वक्ताले कविता सङ्ग्रहका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । लेखक कोइराला नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन