सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपाको वार्ता प्रस्ताव प्रति विप्लवको आपत्ती

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सत्तारूढ (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वार्ताका लागि पठाएको वार्ताको प्रस्ताव विप्लव समुहले अस्वीकार गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको एक साता अघि प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समुहलाइ कुनै घटना नगराउन सुचना सहित पठाइएको वार्ताको प्रस्ताब उक्त समुहले अस्वीकार गरेको हो ।

नक्खु कारागारमा रहेका सो पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) मार्फत उक्त प्रस्ताब महासचिव नेत्रविक्रम चन्द (विप्लव) समक्ष पठाइएको नेकपाको दावी रहेको छ ।

उक्त पत्रमा भनिएको छ, चिनियाँ राष्ट्रपति सीको भ्रमण अवधिभर कुनै पनि किशिमको गतिविधी  नगराउन तथा सरकारसँग तत्काल वार्तामा बस्न भनिएको छ ।

सचिवालय श्रोतका अनुसार विप्लव समुह पनि प्रचण्डको प्रस्ताबमा सकारात्मक रहेको यद्दपी सरकारसँग वार्ताको लागी आफ्ना पुरानै शर्तहरू पुरा हुनुपर्ने जवाफ फर्काएको बताइएको छ ।

विप्लव समुहले आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध हटाइनुपर्ने, आफ्नो पार्टीलाई राजनीतिक दलको हैसियतमा कार्यक्रमहरू गर्न दिनुपर्ने र आफ्ना सम्पूर्ण बन्दीहरु विनासर्त रिहाइ गर्नुपर्ने मुख्य मागहरू अघि सारेका छन् ।

देशब्यापी प्रहरी धरपक्कड र झुटा मुद्धा लगाइ आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि विप्लव समुह नयाँ रणनीतिका साथ पार्टी पुर्नगठनमा लागेको बेला सत्तापक्षबाट पछिल्लो प्रस्ताब जानुलाइ उक्त समुहले रणनितिक चालको रूपमा हेरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का