सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘हिन्दू शासनकला र रामराज्य’ पुस्तक विमोचन

२०८२ भाद्र २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० भदौ : प्रा डा लालमणि पाण्डेयद्वारा लिखित दण्डनीति ‘हिन्दू शासनकला र रामराज्य’ पुस्तक विमोचन गरिएको छ ।

आज यहाँ आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा र पुष्पा भुसाललगायतले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन् ।

इन्डिगो इंकले प्रकाशन गरेको सो पुस्तक प्राचीन हिन्दू राजनीतिक विचारधारासँग सम्बन्धित विषयमा रहेको जनाइएको छ । मन्त्री पाण्डेले पछिल्ला समय पूर्वीय दर्शन, चिन्तन र सांस्कृतिक पुनर्जागरण, विश्वास र निष्ठामा स्थापित भइरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रा डा पाण्डेयको यस पुस्तक समाज र राजनीतिका लागि उपयोगी साबित हुनाका साथै राजनीतिक व्यक्तित्वलाई दिशाबोध गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“पुनर्जागरणको अवस्था जल्दोबल्दो छ । गुरुकूल स्थापना र बिहारमा बौद्ध शिक्षाको आकर्षक बढ्दो छ”, उहाँले भन्नुभयो, “आफ्ना संस्कृतिप्रतिको आकर्षक बढेको छ । निष्ठा र विश्वासनियता बढेको छ, पहिचान खोज्न थालेका छ्न । यो संस्कृतिको एक पक्ष हो । प्राण तत्व हो ।”

सो कार्यक्रममा लेखक प्रा डा पाण्डेयले हिन्दू राजनीति दर्शन, सनातन परम्पराको राजनीति चिन्तन के थियो भन्ने विषयमा यस पुस्तकमा आफूले संक्षिप्तमा प्रकाश पार्न कोसिस गरेको बताउनुभयो ।

पुस्तकमाथि नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा विष्णु पन्थी र वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले समीक्षा गर्नुभयो । उहाँहरुले पूर्वीय राजनीतिक चिन्तनको आधिकारिक पुस्तकका रुपमा शासकहरुले अध्ययन गर्नुपर्ने पुस्तकका रुपमा टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन