सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो : सेनाको हेलिकप्टरद्धारा उद्धारकार्य जारी

२०७६ असोज २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सिन्धुपाल्चोकको इन्द्रावतीमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ।

जिल्लाको इन्द्रावती १० बडहरे झिल्केस्थित भित्री कच्चि सडक खण्डमा सिपाटारदेखी काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बको हेलम्बु यातायातको बस ब्रेक फेल भई दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सबार करीब ५० जना यात्रु मध्ये ३० भन्दा बढी यात्रु घाईते भएको स्थानियले बताएका छन् । बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खसेको हो ।

दुर्घटनाको प्रकृति हेर्दा ठुलो क्षति भएको देखिन्छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको साथै मृतकहरु सनाखत हुन नसकेको र उद्धार कार्य गर्दै घाइतेहरुलाई नेपालि सेनाको एम आई १७ र निजि हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ लगाएत विभिन्न अस्पतालमाहरमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकोले बस भीरबाट २०० मिटर तल खसेको प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति