काठमाण्डौः चिन बिरोधी भनेर चिनिएकी सत्तारूढ समाजबादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
गत असोज ६ गते चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा पनि नेतृ शाहको नेतृत्वमा भाटभटेनी नजिक बिरोध प्रदर्शन गर्नेक्रममा उनीसहित १० जनालाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपति सी को भोलीदेखी हुने राजकिय भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय सप्तरीले साहलाई नीजको निवासबाट शुक्रबार प्रकाउ गरेको हो ।
सुनिताले आफ्ना फेसबुक मार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी थिइन् ।