सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ पुरस्कार प्राध्यापक कँडेललाई

२०८२ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ असोजः राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । मस्र्याङ्दी वाङमय प्रतिष्ठानले यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको पुरस्कार छनोट समितिको बैठकले रु एक लाख नगद राशिको उक्त पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्राडा लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारका तर्फबाट प्राडा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

धादिङ स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्नुहुन्छ । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो । प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ ।

उक्त पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते प्रदान गरिनेछ । राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे र उहाँका परिवारबाट दिइएको रकममा प्रतिष्ठानबाट केही रकम थप गरी रु २७ लाखको अक्षयकोष बनाइएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले उक्त पुरस्कार प्रदान गरिँदै आइएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन वर्षदेखि पुरस्कार प्रदान गरिँदै आइएको छ ।

उक्त पुरस्कारबाट यसअघि वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी र वरिष्ठ गीतकार किरण खरेल सम्मानित भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन