सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तीन पुस्ताका तीन सर्जकका कृति विमोचन

२०८२ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ असोजः नौ वर्षीय बालकवि इसान्भी बरालद्वारा लिखित सचित्र बालकविता ‘चिरवीर’, युवा लेखक मुस्कान घिमिरे लिखित पुस्तक ‘हेल्लो ब्रेभ हार्ट्स’ र वरिष्ठ बालसाहित्यकार डा छायादत्त न्यौपानेद्वारा लिखित बाल निबन्ध सङ्ग्रह ‘मेरो आफ्नै गाउँ’को आज यहाँ विमोचन गरिएको छ ।

संस्कार पब्लिकेसनको आयोजनामा भएको सो कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्रा डा रामप्रसाद ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा कौसिला रिसाल, साहित्यकारहरु मित्रलाल पङ्गेनी, तीर्थ गुरुङ, अरुण शर्मा, देवराज सिम्खडा र समाजसेवी लोकबहादुर टण्डनले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु डा छायादत्त न्यौपाने, तीर्थ गुरुङ, समाजसेवी लोकबहादुर टण्डन र बाल प्रतिभा प्राप्ति श्रेष्ठलाई साहित्य र कला क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

वरिष्ठ साहित्यकार मित्रलाल पंगेनी, प्राज्ञ सदस्य डा.कौसिला रिसाल, इशिका श्रेष्ठ र कक्षा ८ मा अध्ययनरत छात्रा इसिका श्रेष्ठले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा विमोचित पुस्तकहरुले अहम् भूमिका निर्वाह गर्नसक्ने टिप्पणी गर्नुभएको थियो । वरिष्ठ बालसाहित्यकार ज्ञवालीले अहिलेको सामाजिक परिवेश अत्यन्तै भयावह देखिएको अवस्थामा हरेक व्यक्तिलाई पठन संस्कृतिमा जोड्न सक्नुपर्ने र यस्ता पुस्तकहरुले समाज र देशलाई विशेष योगदान पु¥याउन सक्छ भन्नुभयो । पब्लिकेशनका निर्देशक शङ्कर प्रधानले पठन संस्कृतिले नै समाजलाई विकासको गतिमा अघि बढाउन सकिन्छ भन्ने धारणा राख्दै संस्कार पब्लिकेसनले यसअघि पनि विभिन्न प्रकारका पुस्तकहरू प्रकाशन गर्दै आएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन