सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भैरव अर्यालको योगदानको स्मरण

२०८२ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२असोजः नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले गरेको योगदानको स्मरण गरिएको छ । उहाँको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क शनिबार यहाँ लोकार्पणसँगै उहाँले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा गर्नुभएको योगदानको स्मरण गरिएको हो ।

सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले तीक्ष्ण लेखनका माध्यमबाट देशको साहित्य भण्डारलाई समृद्ध बनाउनुभएको तथा उहाँका कविता पनि उत्तिकै सशक्त रहेका कार्यक्रमका वक्ताहरूले बताउनुभयो ।

साहित्यकार गोविन्दप्रसाद घिमिरे , कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ बद्रीअर्र्याल, वसन्त रिजाल, विमलअर्याल, निर्मल अर्याल, राजन पुडासैनीले भैरव अर्यालको योगदानको समीक्षा गर्नुभएको थियो ।

विसं १९९३ असोज ५ गते जन्मनुभएका अर्यालको २०३३ साल असोज १९ निधन भएको हो । उहाँका ‘जय भुँडी,’ ‘दशअवतर,’ ‘गलबन्दी,’ ‘उपवन,’ ‘इतिश्री,’ ‘काउकुती’लगायत कृतिले नेपाली हास्यव्यङ्ग्यको भण्डारलाई समृद्ध बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन