सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भूत मेलाको रौनक

२०८२ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जलेश्वर (महोत्तरी), १४ असोजः भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिरमा अहिले भूत मेलाको रौनक छाएको छ । कहिले दसैँ आउला र कहिले भूत मेला सुरु हुने प्रतीक्षामा बसेका महोत्तरीलगायत सम्पूर्ण मिथिला क्षेत्रका भूत मेलाप्रेमी अहिले कति बेला साँझ पर्ला र कति बेला भूत मेला सुरु होला भन्दै उत्साहित भएका देखिन्छन् ।

परम्परागत रुपमा अनादी कालदेखि नै बडादसैँका बेला भूत मेलाका लागि प्रख्यात जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठमा षष्ठी तिथिदेखि नै सुरु भएको भूत मेलाले अहिले सबैलाई आकर्षित पारेको छ ।

परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेको सोनामाई मन्दिरमा हरेक वर्ष बडादसैँको षष्ठी तिथिदेखि लाग्ने भूतमेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको सोनामाईका पुजारी कामेश्वर झाले बताउनुभयो ।

भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजाराँै पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झा बताउनुहुन्छ ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै को–कसबाट सताइएकोबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै पर्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी झगरु झाले बताउनुभयो ।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजाराँै पीडित महिला तथा पुरुष पुग्ने गरेको पुजारी कामेश्वरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल