सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनियाँ राष्ट्रपति सी जिनपिङ अपरान्ह काठमाडौं आँउदै (भ्रमण कार्यसूची सहित)

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: महामहिम चीनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि अपरान्ह काठमाण्डौं आँउदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक राजकीय भ्रमणमा शनिबार नेपाल आउन लागेका छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको उच्चस्तरीय भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ ।

चीनियाँ राष्ट्रपति सी भारतको दुईदिने भ्रमण पुरा गरी चिनको विशेष विमानबाट शनिवार अपरान्ह साँढे चार बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दैछन् ।

राष्ट्रपति सी लाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सहितका उच्च अधिकारीहरूले बिशेष स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सी को स्वागतमा नेपाली सेनाको टुकडीले बिशेष सम्मान सहितको सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै राष्ट्रपती सी होटल सोल्टीमा पुग्नेछन् र त्यहाँबाट राट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताको लागी सोल्टीबाट निस्कनेछन् ।

राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता लगत्तै उनी होटल सोल्टी फर्कनेछन् । त्यहाँ रहँदा उनले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति भण्डारीद्धारा होटल सोल्टीमा सी को सम्मानमा रात्रीभोजको आयोजना गर्नेछिन् । रात्रीभोजमा राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, उच्च पदस्थ प्रमुख ब्यक्तिहरूको बिशेष उपस्थिति रहनेछ ।

भ्रमणको दोस्रो दिन आईतबार बिहान राष्ट्रपती सी र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्धिपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपती सी  दोस्रो दिन नेपाल  भ्रमण पुरा गरी अपरान्ह स्वदेश फिर्ता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा