सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनियाँ राष्ट्रपति सी जिनपिङ अपरान्ह काठमाडौं आँउदै (भ्रमण कार्यसूची सहित)

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: महामहिम चीनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि अपरान्ह काठमाण्डौं आँउदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक राजकीय भ्रमणमा शनिबार नेपाल आउन लागेका छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको उच्चस्तरीय भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ ।

चीनियाँ राष्ट्रपति सी भारतको दुईदिने भ्रमण पुरा गरी चिनको विशेष विमानबाट शनिवार अपरान्ह साँढे चार बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दैछन् ।

राष्ट्रपति सी लाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सहितका उच्च अधिकारीहरूले बिशेष स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सी को स्वागतमा नेपाली सेनाको टुकडीले बिशेष सम्मान सहितको सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै राष्ट्रपती सी होटल सोल्टीमा पुग्नेछन् र त्यहाँबाट राट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताको लागी सोल्टीबाट निस्कनेछन् ।

राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता लगत्तै उनी होटल सोल्टी फर्कनेछन् । त्यहाँ रहँदा उनले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति भण्डारीद्धारा होटल सोल्टीमा सी को सम्मानमा रात्रीभोजको आयोजना गर्नेछिन् । रात्रीभोजमा राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, उच्च पदस्थ प्रमुख ब्यक्तिहरूको बिशेष उपस्थिति रहनेछ ।

भ्रमणको दोस्रो दिन आईतबार बिहान राष्ट्रपती सी र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्धिपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपती सी  दोस्रो दिन नेपाल  भ्रमण पुरा गरी अपरान्ह स्वदेश फिर्ता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी