सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनियाँ राष्ट्रपति सी काठमाण्डौंमा

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने औपचारिक भ्रमणका सिलसिलामा शनिवार काठमाण्डौ आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी शनिवार अपरान्ह पाैने पाँच बजे बिशेष बिमानबाट काठमाण्डौ आईपुगेका हुन् ।

दुईदिने भ्रमणका लागि एयर चाइनाको बिशेष बिमानबाट काठमाण्डौं आइपुगेका चीनियाँ राष्ट्रपति सि लाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भव्य स्वागत गरेकी छिन् ।

स्वागत कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च अधिकारीहरू एवं मन्त्रीपरिषद्का सबै सदस्यहरू विमानस्थलमा उपस्थित रहेका छन् ।

चीनको विशेष विमानमा सवार राष्ट्रपति सिलाइ काठमाण्डौं उत्रिए लगत्तै उनलाई कडा सुरक्षा प्रदान गरिएको छ ।

राष्ट्रपति सीको नेपाल आगमनको क्रममा (दिउँसो २:५५ बजेबाट साँझ ५:२५ बजेसम्म) र शनिबार (बिहान ११:२० बजेबाट दिउँसो १:५० बजेसम्म) स्वदेश फिर्तीको समयमा साँढे दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान/अवतरण गर्न रोक लगाइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् ।

राष्ट्रपती सीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गर्ने छन् । त्यसैगरी

नेपाल बसाइको क्रममा राष्ट्रपति सी ले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’ : प्रधानमन्त्री दाहाल

आज १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको सपथ

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल