सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनियाँ राष्ट्रपति सी काठमाण्डौंमा

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने औपचारिक भ्रमणका सिलसिलामा शनिवार काठमाण्डौ आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी शनिवार अपरान्ह पाैने पाँच बजे बिशेष बिमानबाट काठमाण्डौ आईपुगेका हुन् ।

दुईदिने भ्रमणका लागि एयर चाइनाको बिशेष बिमानबाट काठमाण्डौं आइपुगेका चीनियाँ राष्ट्रपति सि लाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भव्य स्वागत गरेकी छिन् ।

स्वागत कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च अधिकारीहरू एवं मन्त्रीपरिषद्का सबै सदस्यहरू विमानस्थलमा उपस्थित रहेका छन् ।

चीनको विशेष विमानमा सवार राष्ट्रपति सिलाइ काठमाण्डौं उत्रिए लगत्तै उनलाई कडा सुरक्षा प्रदान गरिएको छ ।

राष्ट्रपति सीको नेपाल आगमनको क्रममा (दिउँसो २:५५ बजेबाट साँझ ५:२५ बजेसम्म) र शनिबार (बिहान ११:२० बजेबाट दिउँसो १:५० बजेसम्म) स्वदेश फिर्तीको समयमा साँढे दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान/अवतरण गर्न रोक लगाइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् ।

राष्ट्रपती सीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गर्ने छन् । त्यसैगरी

नेपाल बसाइको क्रममा राष्ट्रपति सी ले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति