सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ :  निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगले आगामी उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरेको हो ।

आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माका अनुसार बढीमा १ हजार १ सय मतदानका लागि १ मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको जनाएका हुन् ।

आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माका अनुसार उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने बताएका छन् । यसैगरी ८ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेको र ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेको बताएका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान