सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा

२०८२ कार्तिक ३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ कात्तिकः नेपाली साहित्यका विराट व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृवित्वबारे समीक्षा गरिएको छ ।

रत्न पुस्तकालयद्वारा आज यहाँ आयोजित स्मृतिसभामा नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान र उहाँको व्यक्तित्वबारे समीक्षा भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं समालोचक डा बासुदेव त्रिपाठीले तुरुन्त कविता लेख्नसक्ने आशुकविको क्षमता भएका देवकोटाको साहित्य सृजना क्षमताले उहाँ नेपालको मात्रै नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको बताउनुभयो । विभिन्न साहित्यिक कार्यक्रममा महाकविसँग भएको भेटघाटको स्मरण गर्दै उहाँले महाकविका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइने उल्लेख गर्नुभयो ।

प्रा दिपक जङ्गमले नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका देवकोटा बहुप्रतिभाशाली व्यक्तित्व रहेको बताउँदै नेपाली भाषाका कृतिलाई अन्तरराष्ट्रिय तहमा पु¥याउन विभिन्न सम्मेलनमार्फत महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी चर्चामा छ ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन