
काठमाण्डौं : गएराति धारिलो हतियार प्रयोग गरी उदयरपुरको त्रियुगा नपा–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ ।
उदयपुर चौकीबारी स्थायी बसोबास गर्ने ३२ वर्षीया शारदा चौधरी र ९ वर्षीया छोरी रचना चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा मृतकका श्रीमान विदेशमा रहेको बेला उक्त हत्या गरीएको प्रहरीले जनाएको छ । हत्याको अनुसन्धानको लागी तालीम प्राप्त कुकुर झिकाएर हत्या गर्ने व्यक्तिको खोजि तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।