
काठमाण्डौ: राजधानीको कागेश्वरीस्थित मनहरामा भीषण आगलागी भएको छ ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर -५ मा रहेको दिप बहादुर आचार्यको घर नजिकै रहेको टहरोमा रहेको २ वटा ग्याँस सिलिण्डर पड्किएर उक्त आगलागी भएको हो ।
सो आगलागीबाट टहरो पुर्णरुपमा जलेर नष्ट भएको साथै तीन लाख रुपैयाँ समेत जलेर नष्ट भएको पिडित आचार्यले बताएका छन् ।
उक्त आगो गोकर्ण ब्यारेकबाट गएको नेपाली सेनाको बिपद तथा ब्यबस्थापन टोलीको सहयोगमा स्थानियले पूर्ण रूपमा नियन्त्रणमा लिएको र कुनै मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।