सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

२०८२ कार्तिक २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
पाटन (ललितपुर), २३ कात्तिकः वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरु’ पुस्तक लोकार्पण गरिएको छ ।
चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्वस्वास्थ्य सचिव एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आज कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै उहाँले यसमा लेखकको प्रेरणादायी पारिवारिक जीवन, रमाइला क्षण, सङ्घर्ष, सोच, प्रतिबद्धता र उहाँको सफलताको यात्रालाई समेटिएको उल्लेख गर्नुभयो ।
“आत्मजीवनी केवल एउटा जीवनको कथा होइन, यो एउटा समयको साक्षी पनि हो, एउटा यात्राको दस्तावेज हो, जहाँ सङ्घर्ष, समर्पण र सफलताको कहानीसँगसँगै बगिरहेको हुन्छ । पुस्तकको शीर्षक ‘सङ्घर्षबाट सफलता’ स्वयं बोल्छ, यो यात्रामा दुःख छ, सङ्घर्ष छ, तर प्रतिबद्धतामा अडिग भई निष्ठापूर्वक इमान्दारी साथ कर्म क्षेत्रमा होमिएपछि अन्ततः उपलब्धि निश्चय नै प्राप्त हुन्छ”, पूर्वसचिव डा पाण्डेले भन्नुभयो ।
पुस्तकका लेखक डा श्रेष्ठले आफूसँग सकारात्मक सोच मात्रै छ भन्दै आफ्नो जीवनका सबै अवरोध पुस्तकमा समेटिएको बताउनुभयो ।
प्राडा जगतमान श्रेष्ठले जीवन खोलाजस्तो सहजै बग्ने नभएको बताउँदै किताबमा समेत अप्ठ्यारो र कठिन परिस्थितिलाई समेटिएको बताउनुभयो । सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहले जीवनको आठ दशकको हाराहारीमा पुग्दा पनि लेखक डा श्रेष्ठले आफ्नो सामाजिक दायित्व पूरा गर्दै इतिहास र भूगोलको सम्मिश्रणको गाथा समेटेर पुस्तक प्रकाशन गर्न सफल भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।
संसद् सचिवालयका पूर्वसचिव तोयानाथ भट्टराईले पुस्तकमा प्राविधिक, सामाजिक, प्रशासनिक, साहित्यिक र आध्यात्मिक कुरालाई समेटिएको बताउनुभयो । पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक जीवनको भावना र यथार्थलाई चित्रण गर्ने माध्यम भएको उल्लेख गर्दै  यसमा जन्मेको समाज, संस्कृति र भूगोललाई समेटिएको छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन