सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा शिर्ष नेताहरूबीच भेटवार्ता

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ ।

राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरुबीच सोल्टी होटलमा सामूहिक भेटवार्ता भएको हो ।

आईतबार बिहान साँढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यहरूसँग सामूहिक भेट गरेका हुन् ।  भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक नेकपाका सचिवालय सदस्यहरू सबै जनाको उपस्थिति रहेको थियो । सामूहिक भेटवार्ता लगत्तै राष्ट्रपति सी र प्रचण्डबीच केहीबेर वान टु वान वार्ता समेत भएको थियो ।

दुई दिने नेपालको राजकीय भ्रमणमा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी