सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा शिर्ष नेताहरूबीच भेटवार्ता

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ ।

राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरुबीच सोल्टी होटलमा सामूहिक भेटवार्ता भएको हो ।

आईतबार बिहान साँढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यहरूसँग सामूहिक भेट गरेका हुन् ।  भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक नेकपाका सचिवालय सदस्यहरू सबै जनाको उपस्थिति रहेको थियो । सामूहिक भेटवार्ता लगत्तै राष्ट्रपति सी र प्रचण्डबीच केहीबेर वान टु वान वार्ता समेत भएको थियो ।

दुई दिने नेपालको राजकीय भ्रमणमा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा