सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल र चीनबीच डेढ दर्जन समझदारीपत्रमा हस्ताक्षर

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चीनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा होटल सोल्टीमा भएको संयुक्त भेटवार्तामा विभिन्न क्षेत्रमा द्धिपक्षीय १७ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री, गृहमन्त्री, उर्जामन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत तीन दर्जन प्रतिनिधीहरूको सहभागीता रहेको थियो ।

नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा उक्त सम्झौता भएका हुन् ।

सम्झौतामा रसुवागढी-काठमाडौं र तातोपानी-काठमाडौ सडक स्तरोन्नती, टोखा-छहरे सुरुङ मार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोर निर्माण लगायतका विषयहरू समेटिएका छन् ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिव लगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुइदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति सी आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी