सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ केसीलाई

२०८२ मंग्सिर २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, २८ मङ्सिर: यहाँको बनेपास्थित शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर)लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ अर्पण गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा शब्दयात्राले नेपाली वाङ्मय उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’जस्ता लघुकथा सङ्ग्रहका माध्यमबाट लघुकथा विधामा योगदान दिएकामा उहाँलाई उक्त पुरस्कार अर्पण गरेको जनाइएको छ ।

साहित्यकार अम्बिका धितालद्वारा मातापिताको स्मृति र सम्मानमा स्थापित पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । त्यस अवसरमा शब्दयात्राले मुरहरि रायमाझी, प्रकाशबहादुर कायस्थ, दामोदर घिमिरे, शारदा घिमिरे भैल र दण्डपाणि अधिकारीमा विद्वतवृत्ति, तुलसी गिरी कृष्ण किसी र पत्रकार शुभराज अधिकारीमा कदरपत्रसमेत प्रदान गरेको छ ।

यस्तै, प्रभा अधिकारी, सबिना योन्जन र रोजिना बम्जनमा छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा डा इन्दुल केसी र केदारनाथ तिमल्सिनाका कृतिहरू पनि सार्वजनिक गरिएको संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन