सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईन्टरपोलको ८८औं महासभामा सहभागी हुन प्रहरी प्रमुख खनाल चिली प्रस्थान

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छ्न् ।

चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म सञ्चालन हुने ईन्टरपोलको ८८औं महासभामा सहभागी हुन खनाल आइतबार राती त्यसतर्फ गएका हुन् ।

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी सहित महानिरिक्षक खनाल त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरिक्षक खनाल NCB नेपालका प्रमुख हुन् भने १९४ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB हरु सहभागी हुने महासभामा करिब १९ बुँदामा छ्लफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य