सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँचथर कारागारमा सुँगुरको मासुले ३ कैदीको ज्यान गयो

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पाँचथर कारागारमा रोगी सुँगुरको मासु खाँदा ज्यान गुमाउने कैदीको संख्या ३ पुगेको छ ।

दशैको अवसरमा सुँगुरको मासु खाँदा बिरामी परेका पाँचथर फालेलुङ ६ का सुन्दर राईको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको हो ।

गत असोज १९ गते राति कारागार भित्रै सुँगुरको मासु खाँदा गम्भिर बिरामी परेका अन्य चार जनामध्ये फालेलुङ गाउँपालिका ८ का २५ वर्षीय बुद्धि केरुङको जिल्ला अस्पतालमा असोज २० गते उपचारको क्रममा ज्यान गएको थियो ।

त्यसैगरी फिदीम नगरपालिका १० का ३४ वर्षीय जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा सोही दिन ज्यान गएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले जनाएका छ्न् ।
मृतक सुन्दर राईको शव पोष्टमार्टम पछि सोमबार परिवारलाई जिम्मा लगाइने पाँचथर प्रहरीले जनाएको छ ।

आइतबार ज्यान गुमाएका राई विगत ६ बर्षदेखि र केरुङ ३ वर्ष अघिदेखि जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने मृतक जवेगु कर्तव्य ज्यानको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेको कारागारका प्रमुख मुखियाले जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण