सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘अविरल जनसाहित्य यात्रा’मा कवि डा धितालका कविता प्रस्तुत

२०८२ पुष १३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ पुसः राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा मासिक रूपमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०५औँ शृङ्खलामा शनिबार चिकित्सक एवं प्रगतिवादी कवि डा सरोज धितालका एक दर्जन कविता प्रस्तुत गरिएका छन् ।

कवि धितालका ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका कविता उहाँ आफैँ र सहयोगी कविहरू गौरी प्रधानले धितालका पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको र जीवनसङ्गिनी प्राज्ञ सुलोचना मानन्धरले ‘जेल परेकी बहिनी’ शीर्षकको कविता सुनाउनुभयो ।

कवि तारानिधि भुर्तेलले ‘पैतालीस वर्ष अगाडि लेखिएको ‘हामी’ शीर्षकको, बिना सुवेदीले ‘बिदाइ’ शीर्षकको, शार्दूल भट्टराईले ‘अझै नजन्मेको सन्तानसित’ शीर्षकको, स्नेह सायमीले ‘स्फटिकको चिसोभित्रको इतिहास’ शीर्षकको, प्राज्ञ माधव प्रधानले छयालीस वर्ष अगाडि लेखिएको ‘जीवननदी’ शीर्षकको, तारक धितालले ‘विजय’ शीर्षकको र डा नन्दु उप्रेतीले ‘घामको सपना’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं साहित्यकार रघुजी पन्तले पढ्ने संस्कृति नै समाप्त भएको तथा राजनीति सत्ताको खेलमा रमाउने प्रवृत्ति बढेको वर्तमान समयम सामाजिक रूपान्तरण अभियानलाई सघाउने साहित्य लेखिनु र पढिनुपर्नेमा जोड दिनुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वकार्यकारी अध्यक्ष श्यामल अधिकारीले धितालका कवितामा विम्बको सुन्दर संयोजन, वैचारिकता र इमानको अभिव्यक्ति पाइने बताउनुभयो । सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालले सामाजिक रुपान्तरणमा डा धितालका कविता सामयिक भएको टिप्पणी गर्नुभयो ।

सङ्घका महासचिव डा कृष्ण सुवेदीले कवि डा धितालको व्यक्तित्वबारे प्रकाश पार्दै सन् १९९१ मा चीनबाट जनरल सर्जरीमा स्नातकोत्तर उत्तीर्ण गरेर २०३४÷३५ सालदेखि नै साहित्यमा कलम चलाउँदै आउनुभएको बताउनुभयो । डा धितालका ‘उज्यालोको बीउ’ निबन्ध सङ्ग्रह, ‘आँसु र उत्सव’ कविता सङ्ग्रह, ‘झ्यालमा रमाउने सानी केटी’ तथा थप दुई अनुवाद कृति प्रकाशित छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन