सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट

२०८२ पुष १४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ पुसः दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले यस वर्षका लागि विभिन्न पुरस्कार पाउने स्रष्टाको नाम छनोट गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारको निर्णय गरेको हो ।

अध्यक्ष पन्तका अनुसार रु २५ हजार राशिको ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार मधुवन पौडेललाई, रु ५१ हजार १११ राशिको ‘चुडामणि भाषा व्याकरण–कोश पुरस्कार’ साहित्यिक पत्रकार रोचक घिमिरेलाई, रु २५ हजार राशिको ‘कुमार–सरस्वती समालोचना पुरस्कार’ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमलाई तथा रु ५५ हजार ५५५ राशिको ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ नाट्यकर्मी किशोर पहाडीलाई प्रदान गरिने भएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको स्थापना २०५७ सालमा गरिएको हो । प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन