सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईसीसीद्धारा क्यानको निलम्बन फुकुवा

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (ICC) ले नेपाल क्रिकेट संघ (CAN) को निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सम्पन्न आईसीसीको बैठकले क्यानको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दुबईमा सम्पन्न आईसीसी बोर्डको बैठकले क्यानको प्रगतिलाई ध्यानमा राख्दै नेपाल र जिम्बावेलाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ’ ।

‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाल (CAN)लाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछ’, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, ‘जसमा वित्तीय कोष पनि समावेश हुनेछ ।’

आईसीसीले निलम्बन गरेको साँढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

तर, आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।

काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड