सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईसीसीद्धारा क्यानको निलम्बन फुकुवा

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (ICC) ले नेपाल क्रिकेट संघ (CAN) को निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सम्पन्न आईसीसीको बैठकले क्यानको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दुबईमा सम्पन्न आईसीसी बोर्डको बैठकले क्यानको प्रगतिलाई ध्यानमा राख्दै नेपाल र जिम्बावेलाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ’ ।

‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाल (CAN)लाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछ’, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, ‘जसमा वित्तीय कोष पनि समावेश हुनेछ ।’

आईसीसीले निलम्बन गरेको साँढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

तर, आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।

काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान

एपेक्स आईसीसी कप क्रिकेटः एस कलेज विजयी

पहिलो पटक मनाइयो भक्तपुर ग्रासरुट डे

१० हजार मिटरमा दीपकको कीर्तिमान

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

यु-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

त्रिभुवन आर्मी क्लबले बीएमकेलाई हरायो

रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन

एशियाली खेलकुदमा चीनको अग्रता कायमै, कुन देशको नाममा कति पदक ?

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए