सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गठबन्धनतर्फ लम्कँदै एमाले–नेकपा, के गर्ला कांग्रेस ?

२०८२ पुष १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै गएको छ । नयाँ र विगतमा कम जनमत पाएका दल एकीकृत हुँदैगर्दा पुराना दलबीच समेत चुनावी तालमेलका लागि आन्तरिक छलफल सुरु भएको छ ।

साना २३ दल बेग्लै मोर्चाबन्दीको गृहकार्यमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि ‘प्रधानमन्त्री हुने’ सहमति गर्दै रास्वपामा आफ्नो समूहलाई विलय गराए । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा ऊर्जा, सहरी र भौतिक पूर्वाधारसहित तीन मन्त्रालयको ‘कमाण्ड’ सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पनि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामै विलय गराए ।

रास्वपाले नयाँ पार्टी एवं समूहबीच एकीकरण गर्दै शक्तिशाली बनेको सन्देश दिएपछि विघठित प्रतिनिधिसभामा तीन ठूला दल पनि चुनावी तालमेलको गृहकार्यमा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका दल चुनावी तालमेलका लागि छुट्टाछुट्टै छलफलमा छन् । एमालेले कांग्रेस र नेकपा दुबैसँग समानान्तर रूपमा छलफल थालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी तालमेल’bout भेटेरै छलफल गरेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कांग्र ेस र एमालेबीच ५०–५० सिट बाँडफाँट गरेर चुनावी तालमेल गर्न सकिने अभिव्यक्ति नै दिएका छन् । कांग्र ेस र एमालेबीच चुनावी तालमेलसहित नयाँ र शक्तिशाली भनिएका रास्वपालाई परास्त गर्ने रणनीति बनाइरहेका छन् । उता, एमाले र नेकपाबीचसमेत चुनावी तालमेल गर्ने ’bout छलफल भइरहेको छ ।

एमाले र नेकपाबीच चुनावी तालमेल गर्ने’bout सार्वजनिक रूपमा स्वीकार नगरिए पनि उनीहरूले अस्वीकार भने गरेका छैनन् । एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चुनावी तालमेल’bout दुईपटक छलफलसमेत भएको स्रोतको दाबी छ । नेकपा र नेकपा एमालेबीच २१ फागुनको निर्वाचनमा मोर्चाबन्दीदेखि चुनावपछि पार्टी एकता गर्ने सम्मका विकल्पमा छलफल चलिरहेको निकट नेता बताउँछन् ।

ओली र प्रचण्डबीच भएको पछिल्ला भेटमा समेत यस विषयमा छलफल भएको छ । यी दुई दल प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति ६ माघअघि नै मोर्चाबन्दीको निर्णयमा पुग्ने बताइएको छ । ‘४ वा ५ माघमा दुई दलबीच समझदारी भयो भने अचम्म नमाने हुन्छ,’ एमालेका एक पदाधिकारीले राजधानीलाई भने । नेकपा संयोजक प्रचण्डले आफूहरूले पनि १६ दल तथा समूहबीच एकीकरण गरेको र छिट्टै ‘केही ठुला दलसँग पनि हुने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको अभिव्यक्तिले नेकपाको कांग्रेस वा एमालेसँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । यद्यपि, चुनावी तालमेल’bout पुराना दलका नेताले स्पष्ट रूपमा कुनै जवाफ दिएका छैनन् । साना, नयाँ एवं जेनजी सहभागितामा खुलेका केही दलबीच पनि तेस्रो गठबन्धन निर्माणका लागि छलफल भइरहेको छ । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह नेतृत्वमा तेस्रो गठबन्धन निर्माणका लागि कार्यदल गठन गरेरै छलफल भइरहेको छ ।

त्यस्तै, पत्रकार ऋषि धमला नेतृत्वमा कार्यदल गठन गरेर २३ नयाँ दलबीच तेस्रो गठबन्धन निर्माणका लागि छलफल भइरहेको छ । रवि, बालेन, कुलमानलाई खुल्ला रूपमा चुनौती दिँदै आएका हर्क साम्पाङ राईले तेस्रो गठबन्धन निर्माण गर्दै अगाडि बढनुपर्ने आफूनिकटका नेतासँग बताउँदै आएका छन् । ‘पुराना दल र नयाँ बनेका रवि, बालेनको कुनै काम नभएको’ टिप्पणी गर्दै राईले ‘तेस्रो गठबन्धन निर्माण गर्नुपर्ने’मा जोड दिएका छन् ।राजधानि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल