सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजपा सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तोडफोड गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले बुद्ध एयरको उडान करीब २ घण्टा ढिलाइ भएको भन्दै जनकपुर विमानस्थलको टिकट काउण्टरमा तोडफोड गरेका हुन् ।

सांसद साहले किड्नी उपचारको शिलशिलामा जनकपुरबाट काठमाण्डौं ल्याईदै गरेका जनकपुरधाम उपमहानगरपालिका-४ स्थायी घर भएका ६५ वर्षीय सौखीलाल चौधरीको स्वास्थ्य स्थिती जटिल बन्दै गएको र जहाज समयमै विमानस्थलमा अवतरण नगरेकोले आफू आवेशमा आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् ।

बुद्ध एयरको व्यवस्थापन पक्षले काउण्टरमा तोडफोड पश्चात सांसद साहलाई बुद्ध एयरको विमान प्रवेशमै रोक लगाएको थियो ।

त्यसलगत्तै धनुषाका प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद शाह काठमाडौँका लागि उडेको विमानस्थल प्रशासनले जनाएको छ ।

बुद्ध एयर व्यवस्थापन पक्षले प्राविधिक कारणले विमान ढिलाइ भएको यात्रुहरुलाई जानकारी गराएपनि सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड