सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजपा सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तोडफोड गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले बुद्ध एयरको उडान करीब २ घण्टा ढिलाइ भएको भन्दै जनकपुर विमानस्थलको टिकट काउण्टरमा तोडफोड गरेका हुन् ।

सांसद साहले किड्नी उपचारको शिलशिलामा जनकपुरबाट काठमाण्डौं ल्याईदै गरेका जनकपुरधाम उपमहानगरपालिका-४ स्थायी घर भएका ६५ वर्षीय सौखीलाल चौधरीको स्वास्थ्य स्थिती जटिल बन्दै गएको र जहाज समयमै विमानस्थलमा अवतरण नगरेकोले आफू आवेशमा आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् ।

बुद्ध एयरको व्यवस्थापन पक्षले काउण्टरमा तोडफोड पश्चात सांसद साहलाई बुद्ध एयरको विमान प्रवेशमै रोक लगाएको थियो ।

त्यसलगत्तै धनुषाका प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद शाह काठमाडौँका लागि उडेको विमानस्थल प्रशासनले जनाएको छ ।

बुद्ध एयर व्यवस्थापन पक्षले प्राविधिक कारणले विमान ढिलाइ भएको यात्रुहरुलाई जानकारी गराएपनि सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट