
काठमाण्डौः संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दूराचारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार म्याद थप गरी बयान लिने प्रहरीले तयारी गरेको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाइ मंगलबार अस्पतालबाटै काठमाडौं जिल्ला अदालत लगिने तयारी गरेको हो ।
महरालाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार काठमाण्डौं जिल्ला अदालतमा उपस्थिति गराएर म्याद थप्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनी प्रकृया सहज भएपनि सार्वजनिक बिदाका कारण एक साता यता अदालत उपस्थित गराउन सकेको थिएन ।