
काठमाण्डौ: जनमत पार्टीले सोमबार आफ्ना नेता तथा कार्यकर्ताहरूलाई एक दिने कार्यकर्ता प्रशिक्षण दिएको छ ।
बाँकेंको भेरी होटलमा केन्द्रिय प्रतिनिधिको उपस्थितिमा जिल्लाभरका कार्यकर्ताहरुको सहभागितामा उक्त प्रशिक्षण दिइएको हो ।
अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरुको जिवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका सदस्य ईरफान शेष र प्रशिक्षकको रुपमा अब्दुल खाँनले जिल्लाका आबद्ध १ सय भन्दा बडी कार्यकर्ताहरुलाई सहभागि गराइ प्रशिक्षण दिइएको एक सदस्यले बताएका छन् ।
विष्णु यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मोहम्मद हुशेन शाह, जाबिर हल्वाइ, अनवर खाँ आजाद, रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह, अब्दुल वाहिद शेष लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिदै आईरहेको छ ।
यसै अनुरूप जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता ए.के.आजादले बताएका छन् ।