सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्यिक गोष्ठी तथा पुस्तक विमोचन

२०८२ पुष २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

स्याङ्जा, पुस २१ गते । आँधीखोला गाउँपालिका– ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन गरिएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले ३५ औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’को विमोचन गरिएको हो । पुस्तकको वरिष्ठल साहित्यकार विश्वप्रेम अधिकारीले गर्नु भएको हो ।

आनन्दआश्रममा गरिने साहित्यिक गतिविधिले ग्रामीण क्षेत्रमा साहित्यिक जागरण ल्याएको अधिकारीले बताउनुभयो । पुस्तकको समीक्षा अग्रज कवि चिन्तु गिरीले गर्नुभएको थियो । यस्तै कार्यक्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट छात्रा र छात्र पुरस्कारको लागि विद्यार्थीहरूका बीचमा आँधीखोला शीर्षकमा कविता लेखन तथा वाचन गरिएको थियो ।

मूल्याङ्कनमा पूर्णामृत भवानी मावि वालिङ्की छात्रा स्मारिका अर्याल र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट ठहरिनु भएको थियो । उहाँहरुलाई २०८२ माघ २४ गते काठमाडौँमा पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।

कार्यक्रममा हिमलाल पुरी, चिन्तुगिरी, हिमालयजंग बानिया, राजेन्द्र श्रेष्ठ, नारायण लमसाल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना, त्रिलोचन ढकाल, दोलराज ढकाल, खेमनारायण लामिछाने लगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन